सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी टी २० विश्वकप क्रिकेटको युरोप रिजन छनोटमा स्कटल्याण्डको जित

२०८० साउन ८, ०९:४९ खबर संवाददाता

एजेन्सीः आईसीसी टी २० विश्वकप क्रिकेटको युरोप रिजन छनोटमा स्कटल्याण्ड विजयी भएको छ।

७ टिम सहभागि प्रतियोगितामा स्कटल्याण्डको यो लगातार तेस्रो जित हो। आज भएको खेलमा स्कटल्याण्डले इटालीमाथि १५५ रनको जित दर्ता गरेको हो। स्कटल्याण्डले ओली हेरिसको शतक मद्दतलले  निर्धाीरत ओभरमा २ विकेट गुमाएर २४५ रन बनाएको थियो। जवाफमा इटालीको टिम ९० रनमा समेटिन पुग्यो। टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले तिव्रगतिमा रन बनाएको थियो।

पहिलो विकेटका लागि जर्ज मुन्से र ओली हेरिसले ५.१ ओभरमा ५५ रन बनाएका थिए। पहिलो विकेटको रुपमा जर्ज मुन्से १२ रन बनाए आउट भएका थिए। त्यसपछि ओली हेरिस र ब्रान्डन म्याकुलमले आक्रामक गतिमा रन जोडे। यी दुईले १८३ रनको साझेदारी गर्दै स्कटल्याण्डलाई बलियो स्कोरमा अघि बढाएका थिए। दोस्रो विकेटको रुप्मा ५० बलमा ९६ रनको आक्राम पारि खेलेका म्याकुलम आउट भए। उनले ६ छक्का र ९ चौका प्रहार गरे।

यसैगरी ओले हेरिसले ५३ बलमा १२७ रनको नटआउट शतकीय पारि खेलेपछि स्कटल्याण्डले स्कोर २४५ रन बनायो। १२७ रनको पारिमा ओलेले ८ छक्का र १४ चौका प्रहार गरे। मिचेल लिस्क४ रनमा नटआउट रहे। इटालीका लागि ग्रान्ट स्टेवार्ट र हेरी मेनेटीले एक एक विकेट लिए। २४६ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको इटालीले १२.४ ओभरमा सवै विकेट गुमाएर ९० रन जोड्यो।

इटालीका लागि ग्रान्ट स्टेवार्टले सर्वाधिक ४१ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोडेनन्। स्कटल्याण्डका गाभिन मेनले सर्वाधिक ५ विकेट लिँदा ब्रेन्ड्ले करि र साफियान सरिफले दुई दुई विकेट लिए। जितपछि युरोप रिजन छनोटमा स्कटल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ। यो प्रतियोगिताबाट शीर्ष २ टिमले विश्वकपमा स्थान पक्का गर्ने छन्।
 

कमेन्ट लोड गर्नुस