सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरिकाले पुरानो रेर्कडलाई तोड्दै बनाइन् नयाँ किर्तिमान

२०८० साउन ८, ०५:२२ खबर संवाददाता

जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

१३औं सागकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै आप्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताए। गौरिकाले यसअघिको भारतको गुवाहटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेन्ड समयको रेकर्ड बनाएकी थिइन्।

त्यस्तै नेपाली पौडीबाज नासिरले पनि लगातार दोस्रो दिन नयाँ कीर्तिमान बनाएका छन्। नासिरले सोमबार २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७.२६ सेकेन्ड समयका नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। यस अघि नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि आप्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका थिए।

अर्की खेलाडी डुवाना लामाले मंगलबार २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन्। साथै विश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वर्ल्ड एक्वाटिक्सको नामाकरण गरेको छ।
 

कमेन्ट लोड गर्नुस