सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा एक नेपालीको मृत्यु

२०८० साउन ८, ०८:२७ खबर संवाददाता

वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल छन्। विगत लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्यालको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

पछिल्लो केही समयदेखि स्वास्थ्यमा समस्या भएपछि उनी नेपाल फर्किन खोजिरहेका थिए। तर हस्पिटलमा उपचाररत अवस्थामा उनको शुक्रवार मृत्यु भएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर उनको शव चाँडै नेपाल पठाउने तयारी थालिएको दूतावासले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस