सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटाका सामुदायिक वनका उपभोक्तालाई धनगढीको स्वस्तिक अस्पतालले उपचारमा छुट दिने

२०८० साउन ७, ०८:४९ खबर संवाददाता

धनगढीः  शुक्लाफाँटा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक वन उपभोक्ताहरूले धनगढीको स्वस्तिक अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्।

आइतबार सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपाल स्थानीय महासंघ शुक्लाफाँटा र स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल) धनगढीबिच वन उपभोक्ताको उपचारमा छुट दिने सम्झौता भएको हो। सम्झौता भएसँगै शुक्लाफाँटा नगरपालिका भित्रका सामुदायिक वन उपभोक्ताहरूले छुट सेवा प्राप्त गर्ने भएका छन्।Open photo

सम्झौता पत्रमा शनिवार अस्पतालका अध्यक्ष महेशराज जोशी र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) स्थानीय महासंघ शुक्लाफाँटाका अध्यक्ष गणेशदत्त भट्टले हस्ताक्षर गरेका हुन् सम्झौता सँगै स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले शुक्लाफाँटा नगरपालिका भित्रका सामुदायिक वन समूहमा आबद्ध करिब १० हजार घरधुरीका ३० देखी ४० हजार उपभोक्ताहरूले जुनसुकै प्रकारको अपरेसनमा १० देखी १५ प्रतिशत छुट दिने भएको छ। डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स–रे, ईसिजी, फिजियोथेरापी, बेड चार्जमा १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष महेशराज जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस