सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेण्डरमा कमिसनको चलखेल हुँदा सेती अस्पतालले तत्काल अक्सिजन पलान्ट पाउनेमा आशंका

२०७६ वैशाख ७, ११:०९ जनक विष्ट

 सुदूरश्चिमका २८ लाख जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सेती अञ्चल अस्पतालले अक्सिजन सिलिण्डर खरिदमै वर्षेनी ५० देखि ६० लाख खर्च गर्दै आएको छ। अस्पतालमा गम्भीर प्रकृतिका विरामीको चाप अत्यधिक भएका बेला त एक दिनमै २५ देखि ३० हजार सम्मको अक्सिन आवश्यक पर्ने गरेको छ। अन्य अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएका बेला गम्भीर प्रकृतिका विरामीको चाप हुने सेती अञ्चल अस्पतालले भने बाहिरबाट अक्जिन खरिद गरेरै आवश्यकता पूर्ती गर्दै आएको छ।  

अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि विगत चार पाँच वर्षदेखि अक्सिजन प्लान्ट खरिदको अभ्यास भएपनि पूर्णता पाउन सकेको थिएन। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले विरामीको चापका कारण अक्सिजनको माग अत्यधिक हुने भएकाले अक्सिजन पलान्टको आवश्यकता टडकारो रहेको बताए। सेती अञ्चल अस्पतालको आवश्यकतालाई ध्यानमा राखेरै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट खरिदका लागि अगाडी बढाएको प्रक्रिया नै विवादित बनेपछि अस्पतालले तत्काल उक्त उपकरण पाउनेमा आशंका थपिएको छ।

सामाजिक विकास मन्त्रालयले कमिशनको चलखेल गरी बढी कबोल अंक हाल्ने आपूर्तीकताको बोलपत्र स्वीकृत गरेको कुरा बाहिरिएपछि प्रक्रिया नै लम्बिएपछि ढिलाई हुने देखिएको हो। उक्त मेसिन विदेशबाट खरिद गर्नुपर्ने भर्एका झण्डै ढाईदेखि तीन महिना समय लाग्ने बताईएको छ तर आर्थिक वर्षको तीन महिना भन्दा कम समय बाँकी रहेका बेला सामाजिक विकास मन्त्रालयले विवाद नै सुल्झाउन सकेको छैन्।

अक्सिजन प्लान्ट खरिदका लागि सबैभन्दा कम कबोल अंक हाल्दा समेत वाईपास गरिएको बताउदै आएको डायगानोचम इन्टरनेशनलका सञ्चालक विज्ञान अर्यालले  मन्त्रालयले पुनः टेण्डर गरेमा यसवर्ष अक्सिजन पलान्ट खरिद गर्न नसकिने बताए। उनले तत्काल कम कबोल अंक हालेको आपूर्तीकर्ताको टेण्डर स्वीकृत भए मात्रै अढाईदेखि तीन महिना भित्र अक्सिजन पलान्ट खरिद गर्न सकिने स्पष्ट पारेका छन्। सेती अञ्चल अस्पतालले अक्सिजन प्लान्ट पाएमा वर्षेनी अक्सिजन सिलिण्डरमा हुदै आएको खर्च कटौती हुने थियो भने अक्सिजन भण्डार समेत गर्न मिल्न भएकाले अति आवश्यक पनि छ।

तर केही सीमित व्यक्तिको स्वार्थका कारण खरिद प्रक्रियामै भएको ढिलाईका कारण अस्पतालले यसवर्ष अक्सिजन पलान्ट नपाउने देखिएको छ। यता, सामाजिक विकास मन्त्रालयले भने उपकरण खरिदका लागि आह्वान गरिएको टेण्डर प्रक्रिया नै विवादमा परेपछि पुनः टेण्डर खोल्ने वा तीनै मध्ये कम कबोल अंक भएको आपूर्तीकता छनौट गर्ने भन्ने निष्कर्ष नै निकाल्न सकेको छैन्।

सामाजिक विकास मन्त्रालयका सचिव गोगन हमाल बोलपत्रहरु अध्ययनकै चरणमा रहेको दावी गरे। उनले मन्त्रालयले अहिले बोलपत्र हालेका फर्महरुका कागजपत्र अध्ययन गरिरहेको बताए। विकल्पका विषयमा त्यसपछि मात्रै भन्न सकिने मन्त्रालयको भनाई छ। मन्त्रालयले एक करोड ८६ लाखको अक्सिजन प्लान्ट खरिदमा सार्वजनिक खरिद ऐनले आवश्यकता परेमा राख्न मिल्ने बुँदाहरु राखेर ईच्छाएको फर्म र व्यक्तीलाई दिने गरी बोलपत्र आह्वान गरेको आपूर्तीकर्ताले आरोप लगाउदै आएका छन्। अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र हालेका चार फर्म मध्ये आर्थिक चलखेल गरी मन्त्रालयले सबैभन्दा बढि कबोल अंक हालेको धनगढीको डिबी मेडिसिनलाई ठेक्का पार्न खोजेको आरोप रहेको छ। 
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस