सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विद्यालयको भवन निर्माण गर्न ८० लाख बजेट, चन्दले गरे जग्गा दान

२०८० साउन ७, ११:०३ खबर संवाददाता

बैतडीः बैतडीको पाटन नगरपालिका वडा नम्बर १ वयलचौरामामा विद्यालयको भवन निर्माणका लागि ८० लाख बजेट विनियोजन गरिएको छ। संघीय सरकारले गुथडी, पोखरी, बाटुलासौउ, गरालेक, गणेशपुर लगायतका गाउँलाई पाएक पर्ने स्थानमा माध्यामिक विद्यालय सञ्चालनका लागि भवन निर्माण गर्न ८० लाख बजेट विनियोजन गरिएको हो। 

पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराका अनुसार भौतिक संरचना नभएको नयाँ वयलचौरामा ८० लाख भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको हो। चालु आर्थिक वर्षमा विद्यालयको भवन निर्माण पूरा हुने वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताए। उनले भने, ‘हामीले नयाँ  मावि बनाउन बजेट माग गरेका थियौ, बजेट भएको छ। अब नयाँ भवन बन्छन्, यो वर्ष।’ बाटुलासौउ, गुथडी र पोखरीका विद्यालयहरु वयलचौरामा मर्ज प्रक्रियामा जाने छन्। १ देखि ८ सम्मका विद्यालयहरु कक्षा ५ सम्मको रहने र बाँकी कक्षाहरु बयलाचौरबाटै सञ्चालन गर्ने की भनेबारे छलफल चलीरहेको शेरबाहादुर चन्दले बताए। 

चन्दले गरे जग्गा दान
बाटुलासैनका मिन बहादुर चन्दले विद्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन्। सरस्वती आधारभूत विद्यालयलाई मावि स्तरको पढाई सञ्चालन गर्नको लागि आवस्यक भौतिक संरचना निर्माणका गर्न चन्दले जग्गा दान गरेका हुन्। विद्यालयलाई  जग्गा दान गरी शैक्षिक विकासमा टेवा दिएको चन्दले बताए।

सरस्वतीमा आगामी शैक्षिक सत्रदेखि माविसम्मको पढाई सञ्चालनका लागि आवस्यक छलफल भइरहेको वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले बताए। नजिक रहेका अन्य विद्यालहरुलाई मर्ज गरी कक्षा १० सम्मको पढाइका लागि छलफल भइरहेको उनले बताए। आइतवार पनि स्थानीयहरुसँग छलफल गरिने उनले बताए। 

भूमिराज आधारभूत विद्यालय, जनता आवि र सरस्वती आविलाई मर्ज गरि कक्षा १० सम्मको पढाई सञ्चालनको तयारी भइरहेको हो। 

त्यहाँका बालबालिकाहरु दैनिक ३ देखि ४ घण्टाको कष्टकर पैदल यात्रा गरेर किम्तोली वा मेल्चौराको विद्यालयमा जान बाध्य छन्।   समाजसेवी चन्दले करिब ६ रोपनी जमिन विद्यालयको भवन निर्माणको लागि जग्गा दान गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस