भरुवा बन्दुकसहित कैलालीमा एक जना पक्राउ

२०८० साउन ६, ०९:४९
धनगढीः कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका–६ खरुखेडाका ५२ वर्षीय नारायणप्रशाद चौधरी भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
एक थान बन्दुकसहित चौधरीको घरबाट बारुद ४ डिब्बा, तयारी सानो गोली ३८ पिस, २८ पिस ठुलो, सिसाको टुक्रा ९ पिस सानो, १ पिस सिसाको टुक्रा ठुलोसहित उनलार्ई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो।



कमेन्ट लोड गर्नुस