सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा फलफूल वितरण

२०८० साउन ६, ११:३६ खबर संवाददाता

धनगढीः नेपाल तरुण दल कैलालीले सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ। आज ४१औँ विपि जयन्तीको अवसर पारेर सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेका १०० जना विरामीहरुलाई फलफुल वितरण गरिएको दिपेन्द्र बहादुर बमले बताए।

विपि जयन्तीको अवसरमा केन्द्रीय तालिका अनुसार विभिन्न कार्यक्रम गरिरहेको उनले जानकारी दिए। विगतका वर्षमा वृक्षरोपण, रक्तदान कार्यक्रम गरिरहेको उनले बताए। फलफुल वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, अमृत विसिलगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ संगठनका विभिन्न संघ सस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी संघलगायतको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस