सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ सांसदः शर्मा

२०८० साउन ५, ०४:०७ खबर संवाददाता

काठमाण्डौः  सत्ता साझेदार नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसद शर्माले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन्। उनले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए। अर्थमन्त्री र गृहमन्त्रीलाई सुन भित्रिएको जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको उनको भनाइ छ।

उनले भने, ‘क्विन्टल सुन भित्रिएको कुरा अर्थमन्त्री र गृहमन्त्रीले थाहा नपाउने, उहाँहरूको मातहतका निकायका मानिसले थाहा नपाउने र प्रधानमन्त्रीको कार्यालयले हस्तक्षेप गरेर सुन समातिएको देखिन्छ। देशमा क्विन्टल सुन भित्रिएको थाहा नपाउने भनेर प्रश्न गरेका थिए। अनुसन्धानको प्रक्रियालाई सहज बनाउन राजीनामा दिनुपर्छ कि पर्दैन? यसमा पक्ष र विपक्षको कुरा रहँदैन। देश र नागरिकको कुरा हुन्छ, उनले भने। उनले दुबै जना मन्त्रीले बाटो खुला गरेर तत्काल अनुसन्धानको विषयलाई सहज बनाउँन र प्रधानमन्त्रीले चालेको कदममा सहज वातावरण बनाउँनमा मदत गर्न जोड दिए।
 

कमेन्ट लोड गर्नुस