सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति भण्डारीद्वारा प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चका न्यायाधीश नियुक्त

२०७६ वैशाख ६, ०७:२३ खबर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको छ। नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसैगरी राष्ट्रपतिले संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिसमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेको छ। शुक्रबार नै संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा उनले पाँच जनालाई नियुक्त गरेको छ।

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौँका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौँका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो। रासस

कमेन्ट लोड गर्नुस