कञ्चनपुरमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ
२०८० साउन ४, ०७:३८
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–६ का सन्तोष विष्टलाई प्रहरीले बिहीवार पक्राउ गरेको हो। विष्टलाई कञ्चनपुर जिल्ला अदालतले २०७८ चैत्र ३० गते लागुऔषध मुद्धामा ४ वर्ष ९ महिना १३ दिन कैद र ५ हजार जरिवाना तोकेको थियो।
उनलाई बिहीबार सजाय भुक्तानका लागि जिल्ला अदालतले कारागार चलान गरेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस