सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका स्वाथ्यकर्मी चार दिनदेखि आन्दोलित

२०८० साउन ४, ०६:४१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य कर्मीचारी चार दिनदेखि आन्दोलिन छन्। उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका आएका कर्मचारीको हाजिर रोकेपछि उनीहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुले उपमहानगरपालिकाको कार्यालयमा दैनिक धर्ना दिने गरेका छन। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भनेको तर उपमहानगरपालिकाले नमानेको भन्दै निजामति कर्मचारीहरुले आन्दोलित भएका हुन्। 

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले धनगढीले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको बताए। उनले बजेटको विषयलाई लिएर उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारीलाई हाजिर लगाउन नदिएको बताए। उनले प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले कर्मचारीको आन्दोलनलाई वास्ता नगरेको बताए।

उनले भने, ‘रामलाल सर र मेयर साप आउनु भयो भने छलफल गर्छाै। हाजिर लगाउन दिनु भयो भने आन्दोलन रोक्छौ।  तलबका विषयमा पनि विकल्प दिन्छौ। उहाँहरुको रबैया यस्तै भयो भने कडा आन्दोलन हुन्छ। पहिला प्रमुख प्रशासकिय अधिकृतलाई बहिष्कार गछौ। पछि सेवा बन्द गर्छाै।’ धनगढी उपमहानगरपालिकाले तलबका लागि बजेट नभएको भन्दै श्रावण १ गते देखि उनीहरुलाई हाजिर लगाउन दिएको छैन। संघीय सरकारले तलब रोकेको तर्क उपमहानगरपालिकाको छ।

कमेन्ट लोड गर्नुस