सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० साउन ४, ०२:३९ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई ३५ थान कपडा सहयोग गरिएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोडकी मुन्नी विष्टले कपडा सहयोग गरेकी हुन्। 

बैंकमा जम्मा भएका कपडा निःशुल्क वितरण गर्ने गरिएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको परिवारले नीजि लगानीमा शिवपुरी धाममा कपडा बैंक सञ्चालनमा ल्याएका थिए।
 

कमेन्ट लोड गर्नुस