सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे मुख्यमन्त्री शाह

२०८० साउन ४, ०२:३० खबर संवाददाता

धनगढीः राष्ट्रपति रामचन्द्र पौडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ।

राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच भेटघाट भएको हो। राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्री शाहले जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको यात्रामा अघि बढ्न शुभकामना दिएका थिए।

बजेट पारित भएपछि मुख्यमन्त्री शाह काठमाडौंमा शीर्ष नेता र राजनीतिक भेटघाटमा छन्। यसै क्रममा बिहिवार उनले राष्ट्रपति पौडेललाई भेटेका हुन्।


 

कमेन्ट लोड गर्नुस