सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु

२०८० साउन ३, ०८:४३ खबर संवाददाता

धनगढीः कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरियाकि ७१ वर्षीया काली देवी डगौरा थारुको सोही ठाउँस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर बुधबार बिहान मृत्यु भएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस