सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली मोडेल सेकेण्डरी विद्यालयलाई ‘इन्नोभेटिव प्लस टु कलेज’ अवार्ड

२०८० साउन ३, ०८:१० खबर संवाददाता

एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई  एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ द्वारा सम्मान गरिएको छ।

उक्त कार्यक्रमबाट ‘इन्नोभेटिव प्लस टु कलेज’ अवार्डबाट कैलाली मोडेल सेकेण्डरी स्कुलका प्रिन्सिपल तपेन्द्र सिंह सम्मानित भए। कार्यक्रममा कैलाली मोडेल माविका प्रधानअध्यापक तपेन्द्र सिंह, मालिका ईंग्लिश स्कुल धनगढीका प्रिन्सिपल सिबी चन्द र एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्त सहित धनगढीका तीन जना विद्यालय सञ्चालक तथा प्रिन्सिपल सम्मानित भएका थिए।

कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न  स्कुल, कलेज, तथा स्कुल सन्चालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरेको हो। कार्यक्रममा एभरेष्ट ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारी र रिलाएन्स ईंग्लिश स्कुल हेटौंडाका प्रिन्सिपल केशवलाल श्रेष्ठलाई ‘लाईफटाईम अचिवमेन्ट अवार्ड’द्वारा सम्मानित गरिएको थियो। त्यसैगरी समृद्धी स्कुल तथा कलेजका प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द  इयर अवार्ड’, नवरत्न ईंग्लिश स्कुल भक्तपुरका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठलाई  मोस्ट इन्नोभेटिव एडुकेसनिस्ट अफ द  इयर अवार्ड’, बाग्लुङ मुलपानीका विजय राज पन्तलाई डाइनामिक एजुकेसन लिडर अवार्ड, रामजानकी स्कुल बाँकेका दिनेश सिग्देललाई ‘एजुकेसन पायोनियर अवार्ड’, अरनिको आवासिय सेकेण्डरी स्कुलर कलेज बिराट्नगरलाई ‘बेस्ट प्लस टु कलेज अवार्ड’, कैलपाल हस्पिटल एन्ड कलेजलाई ‘बेस्ट टेक्निकल कलेज अवार्ड’ र कैलाली मोडेल सेकेण्डरी स्कुललाई ‘इन्नोभेटिव प्लस टु कलेज’ अवार्ड प्रदान गरिएको थियो।

त्यसैगरी मालिका ईंग्लिश स्कुल धनगढीका प्रिन्सिपल सिबी चन्द, आदर्श ईंग्लिश स्कुल कुश्माका प्रिन्सिपल हिम बहादुर पौडेल, होली केयर ईंग्लिश स्कुल नवलपरासीका  प्रिन्सिपल ईन्द्र गुरुङ, हाइड एन्ड सीक किन्डर गार्टन काठमाडौंकी प्रिन्सिपल कुमुद छत्कुली भट्ट, एबिसि स्कुल, नेपालगन्जकी प्रिन्सिपल शशी स्वाँर, जीवन ज्योती स्कुल, बिरगंजका प्रिन्सिपल शिव कुमार गुप्ताले ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरे। त्यस्तै ‘बेस्ट स्कुल अवार्ड’ एक्सिस बिद्याश्रम स्कुल, धनगढी, ब्राइट फ्युचर सेकेण्डरी स्कुल, मोरङले प्राप्त गरे।

एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले ५०० भन्दा बढी स्कुलहरुमध्येबाट शिक्षा क्षेत्रमा विकासमा उत्कृष्ट योगदान पुर्याएका ३३ वटा स्कुल तथा स्कुल सन्चालकहरुलाई छनोट गरी सम्मान  गरिएको बताए।
 

कमेन्ट लोड गर्नुस