सुदूर नेपाललाई विश्वसँग जोड्दै

सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन सुरु

२०७६ वैशाख ६, ०६:१२ खबर संवाददाता

सातौं दक्षिण एसियाली क्षेत्रीय मानवअधिकार सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। दुईदिने सम्मेलनको पहिलो दिन विभिन्न देशका प्रतिनिधिहरुले मानवअधिकारको रक्षा र त्यसका लागि युवाहरुको भूमिकाका विषयमा छलफल गरेका छन्।

कार्यक्रमका सहभागीहरुले मानवअधिकार संरक्षण र प्रवद्र्धनका लागि समान विचारधारा भएका क्षेत्रीय संगठनहरुले सहकार्य गर्नु जरुरी रहेको धारणा राखे। वक्ताहरुले मानवअधिकारको विषय निकै संवेदनशील भएको बताउँदै नयाँपुस्तालाई पनि यसप्रति जिम्मेवार बनाउन आवश्यक रहेको औंल्याए।

सम्मेलनमा भारत, इन्डोनेसिया, श्रीलंकालगायत ९ देशका प्रतिनिधि सहभागी छन्।

कमेन्ट लोड गर्नुस