कञ्चनपुरमा भन्सारछलीका सामानसहित एक जना पक्राउ

२०८० साउन ३, ०३:५६
कञ्चनपुरः कञ्चनपुरमा भन्सारछलीका सामानसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भिमदत्त नगरपालिका–४ बाट बुधबार ९५ हजार आठ सय मुल्य बराबरका भन्सार छलीका साडी, धोती, कोटपाईन्ट, सेतो कपडा, कालो झिल्ली र तीन थान साइकलसहित एक जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।
सामानसहित मान्छेलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको छ।


कमेन्ट लोड गर्नुस