सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु

२०७६ वैशाख ६, ०५:४६ खबर संवाददाता

दक्षिण अफ्रिकामा एउटा चर्च भत्कँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। दक्षिण अफ्रिकाको डर्बान सहरको डालांगुबोमा साँझको प्रार्थनाका बेला चर्च भत्केको थियो।

अत्यधिक वर्षाका कारण जीर्ण भएको चर्च भत्केको त्यहाँका अधिकारीहरुले जनाएका छन्। चर्च भत्कनेबित्तिकै प्रार्थना गरिरहेकाहरुबीच भागदौड मच्चिएको थियो।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। दक्षिण अफ्रिकी सरकारले चर्च भत्केर मृत्यु भएकाका परिवारजनलाई राहत दिने जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस