सुदूर नेपाललाई विश्वसँग जोड्दै

कप्तान किरण पञ्जाव एफसीमा अनुबन्ध 

२०८० साउन ३, ०७:२८ खबर संवाददाता

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी टिममा अनुबन्ध भएका छन्। भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग ईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो।

पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो। यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन्। यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक खेल खेलेका थिए। किरण नेपालका लागि सर्वाधिक ८९ खेल खेल्ने खेलाडी हुन्।

कमेन्ट लोड गर्नुस