सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवपुरी धाममा वर्डलिंकको सरसफाई 

२०८० साउन २, ०४:५१ खबर संवाददाता

धनगढीः कैलालीको शिवपुरी धाममा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकले सरकारसफाई गरेको छ।

वर्डलिंकको धनगढी शाखाले आज शिवपुरी धाममा सरसफाई कार्यक्रमको आयोजना गरेको हो। ‘जहाँपनि जहिलेपनि जोसँग पनि’ भन्ने मूल नाराका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वर्डलिंकले शिवपुरी धामभित्र सरसफाई गरिएको वर्डलिंकका सेल्ससुपरभाइजर मनोज सुवेदीले बताए।

साथै सो कम्पनीले शिवपुरी धामलाई पाँचवटा डस्टबिन र पाँचवटा झाडूसमेत सहयोग गरेको गरेको छ। सरसफाई कार्यक्रममा वर्डलिंकका शाखा प्रमुख टिकाराम सुबेदी, शिवपुरी धामका अध्यक्ष लगायतको सहभागिता थियो।

कमेन्ट लोड गर्नुस