सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाममा वृक्षारोपण

२०८० साउन २, ०१:१३ खबर संवाददाता

धनगढीः लाइन्स क्लब अफ धनगढी सम्वृद्धिले शिवपुरी धाम परिसरभित्र वृक्षारोपण गरेको छ।

विभिन्न प्रजातिका जडिबुटीजन्य ५० वटा विरुवा वृक्षारोपण गरिएको क्लबकी अध्यक्ष बिन्दु गहतराजले बताइन्। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रजातिका औषधिजन्य बोटविरुवा पवित्र धाम शिवपुरी परिसरभित्र वृक्षारोपण गरिएको उनले बताएकी हुन्।

वृक्षारोपण कार्यक्रममा लाइन्स क्लब अफ धनगढी सम्वृद्धिसँगै वडा नम्बर ४ का वडाअध्यक्ष बुद्धी खड्का लगायतको सहभागिता थियो।

कमेन्ट लोड गर्नुस