सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८० साउन २, ०८:०२ खबर संवाददाता

बैतडी:  बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

चालक कैलालीको सुरेन चौधरी रहेको प्रहरीले बताएको छ। सोमवार अपराह्न दशरथचन्द नगरपालिका–२ बाट निर्माण सामग्री बोकेर वडा नम्बर–६ तर्फ जाँदै गरेको सुपप्र ०१००–२ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस