सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमसहित आज यी प्रदेशमा भारी वर्षाको सम्भावना 

२०८० साउन २, ०६:१६ खबर संवाददाता

धनगढीः हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सुदूरपश्चिम तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कमेन्ट लोड गर्नुस