सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरको शैक्षिक आकाशमा एसपीएको उडान

२०८० साउन १, ०८:२७ खबर संवाददाता

एसपीए कलेजमा पछिल्लो समयमात्रै विभिन्न कम्पनी तथा व्यापारिक प्रतिष्ठानहरुले आफूलाई आवश्यक पर्ने कर्मचारीहरुका लागि कलेजमै आएर विद्यार्थीहरुसँग जब इन्टरभ्यू गरे। आवश्यकताअनुसारको जनशक्ति विद्यार्थीहरुबीचबाटै छाने। ती कम्पनीहरुमा कुमारी बैंक, टिभीएस मोटर्स र चौलानी ग्रुप अफ कम्पनी थिए। जहाँ दुई दर्जन बढी विद्यार्थीहरुले रोजगारी पाए।  विदेशी विश्वविद्यालयहरुमा कलेजमै आएर कम्पनीहरुले विद्यार्थीहरुलाई जागिर दिने गरेको धेरै सुनिएको थियो। तर सुदूरका हकमा भने यो नौलो प्रयोग भयो। कम्तीमा विद्यार्थीहरुले पढ्दापढ्दै आफ्नो अध्ययन शुल्क आफैँ जुटाउन सकेँ, व्यवहारिक जीवनका विभिन्न आयामहरुसँग साक्षात्कार गर्न सके र अध्ययन सकिसक्दा आफूलाई बजारका लागि तयार गर्न सके। ‘आगामी दिनमा थप रोजगारदातासँग सम्झौता गर्दै विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउँने कार्यक्रमलाई निरन्तरता दिइनेछ,’ क्याम्पसप्रमुख योगराज गौतम भन्छन्।

स्थापनाको २६ वर्ष मनाइरहेको धनगढीको एसपीए कलेजले पछिल्लो समय हासिल गरेका उपलब्धिहरु लोभलाग्दा छन्। लगातार तेस्रोपल्ट देशकै उत्कृष्ट कलेजभित्र पर्दै राष्ट्रिय सम्मान पाउनु, विद्यार्थीहरु त्रिवि, सुदूरपश्चिम टप निस्किनु, भौतिक संरचनामा भएको कायापलट, आइटीमा आधारित शिक्षा, अतिरिक्त क्रियाकलाप, पेड इन्टर्नसिप र विद्यार्थीलाई अवसर दिने मामलामा एसपीए अरु कलेजभन्दा धेरै अगाडि पुगिसेकेको छ। यसअघि नै कलेजका बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) र एचएम (होटल म्यानेजमेन्ट) पढिरहेका विद्यार्थीहरु ड्रीम ल्याण्ड भनेर चिनिने अमेरिकाका पाँच तारे होटलहरुमा आकर्षण (मासिक साढे चार लाखसम्म) पारिश्रमिकसहित पेन्ड इन्टर्नसिपको व्यवस्था गरिसकेको छ। अमिन चौधरी र श्रृजना खड्का अमेरिकाका तारे होटलहरुमा पेड इन्टर्नसिपमा कार्यरत छन्। यस्तै बहराईन, शारजहा, थाइल्याण्ड, दुबई, कतार, माल्दिभ्स, भुटान, भारत तथा नेपालकै विभिन्न तारे होटलहरुमा एसपीएका विद्यार्थीहरुले आफ्नो उडान भरिसकेका छन्।Open photo

त्यसबाहेक यस क्षेत्रका अधिकांश बैंक तथा वित्तीय संस्थामा एसपीएमा अध्ययनरत् विद्यार्थीहरु कार्यरत छन्। कलेजले विभिन्न बैंकसँग सहकार्य गर्दै आफ्ना विद्यार्थीहरुलाई जब प्लेसमेन्टको पनि व्यवस्था गरिदिने गरेको छ। त्यसैमध्येका एक हुन्, एमबीएसमा अध्ययनरत् छात्रा श्वेता थापा। उनी भन्छिन्, ‘मेरो अध्ययनसँगै करिअरको यात्रामा एसपीएको योगदान ठूलो छ। म कलेज परिवारप्रति आभारी छु।’ त्यसबाहेक एसपीएले आफ्ना विद्यार्थीहरुलाई उद्यमशील बनाउँने उदेश्यका साथ नबिल बैंकसँगको सहकार्यमा गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई) सञ्चालनमा ल्याएको छ। यसैवर्ष उक्त कार्यक्रमबाट २२ जनाको एक ब्याच निस्किसकेका छन्। ती विद्यार्थीहरु हाल विभिन्न उद्यमहरुमा सहभागी छन्।Open photo

यो कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातैवटा प्रदेशका विभिन्न सातवटा कलेजहरुसँग साझेदारी गरेको छ। सुदूरपश्चिमका लागि यस क्षेत्रको शैक्षिक धरोहर एसपीए कलेजलाई नबिल बैंकले रोजेको हो। नबिल बैंकले यस कार्यक्रममार्फत वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ। कलेज लगातार विविध विधामा उत्कृष्ट ठहरिदै आएको छ। यसपल्ट समेत गरेर कलेजले लगातार तेस्रोपटक देशभरिकै उत्कृष्ट कलेज भित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान पाएको थियो। त्यसअघि पनि एसपीएले तत्कालिन उच्च माध्यामिक शिक्षा परिषद्बाट लगातार दुईपल्ट उत्कृष्ट उमाविको पुरस्कार पाएको थियो। राष्ट्रिय रुपमा मात्रै नभई कलेजले अमेरिकाको न्यूयोर्क शहरमा आयोजित अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ को अवार्ड समेत जितेको थियो । वातावरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विश्वभरका शैक्षिकसंस्था सहभागी उक्त कार्यक्रममा एसपीएलाई स्थानीय वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै अवार्ड दिएको हो। ४० देशका दुईहजार बढी शैक्षिक संस्थाहरुले सहभागिता जनाएको कार्यक्रममा एसपीएले उक्त अवार्ड पाएको हो । यसवर्ष पनि एसपीए उक्त अवार्डको मनोनयनमा परेको छ।

एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले यसैवर्ष देशभरिबाटै उत्कृष्ट प्रिन्सिपल अवार्ड समेत पाएका थिए। ३५ सय बढी विधार्थी अध्ययनरत एसपीए कलेज विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रयायन (क्यूएए) प्राप्तिको अन्तिम चरणमा रहनुले पनि गुणस्तरीय शिक्षामा एसपीएको भूमिका स्पष्ट हुन्छ। यसै हप्ता सार्वजनिक बीबीएसको नतिजामा एसपीए सुदूरपश्चिममै सबैभन्दा अब्बल ठहरियो। अघिल्लो महिनामात्रै एसपीए ५ जना विद्यार्थीहरु त्रिभुवन विश्वविद्यालयको दोस्रो र तेस्रो टपर बने। गतसाता सार्वजनिक एमबीएस दोस्रो सेमिष्टरको नतिजामा एसपीएका धनबहादुर साउँद देशभरिकै उत्कृष्ट ३७ जनामध्ये २६ औं स्थान हासिल गर्न सफल भए । यस्तै एसपीए कलेजबाट थुप्रै विद्यार्थीहरु गोल्ड मेडलिस्ट, सुदूरपश्चिम टपर निस्किनुले यहाँको गुणस्तरीय शिक्षालाई स्पष्ट पार्छ।

एसपीएले विश्वबजारको अनुभव विद्यार्थीलाई गराउने उद्देश्यले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने गरेको छ। एसपीएले आफ्ना दायरा राष्ट्रियमात्रै नभई अन्तर्राष्ट्रिय रुपमा पनि अघि बढाउँदै लगेको छ। कलेजले अष्ट्रेलिया, दक्षिण कोरिया, भारतलगायत देशका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको छ। भगिनी सम्बन्ध स्थापना भएका विदेशका कलेजहरुमा पढ्न चाहने विद्यार्थीहरुका लागि एसपीएले सहजीकरण पनि गरिदिने गरेको छ। भगिनी सम्बन्ध स्थापित कलेज र एसपीएबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामाग्री तथा पुस्तकहरु त्था अनुसन्धान सामाग्रीहरुको आदानप्रदानह हुन्छ। आधुनिक शिक्षाको अभ्यास विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा मात्रै सीमित गर्नु होइन। उनीहरुलाई रुचि अनुसारका क्षेत्रमा अघि बढाउँनु र सामाजिक परिवेशसँग घुलमिल गराउनुपनि हो। यही सिद्धान्तलाई आत्मसात गर्दै एसपीएले १५ वटा क्लबहरु गरेको छ। जुन विद्यार्थीलाई जुन क्षेत्रमा रुचि छ, उनीहरुलाई त्यही क्लबमा आवद्ध गराइन्छ । र त्यही अनुसारको प्रशिक्षणको व्यवस्था गरिन्छ। बाहिरबाट एक्स्पर्ट ल्याएर विद्यार्थीहरुलाई दीक्षित पारिन्छ। क्लबहरुमार्फत विद्यार्थीहरु सामाजिक क्षेत्रमा पनि जोडिएका छन्। विद्यार्थीहरुलाई समाजसँग जोड्नुपनि क्लब गठनको उद्देश्य हो।Open photo

कलेजमा सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम जडित छ। यसले विगत झै कोठाकोठा गएर सुचना सुनाउँनुपर्ने बाध्यताको अन्त्य गरेको छ। यसखाले नौलो प्रविधिको अभ्यास गर्ने सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) पहिलो शैक्षिक संस्था हो। त्यही डिजिटल ब्रोडकास्टिङ सिस्टमबाट कक्षाप्रारम्भ हुनुअघि राष्ट्रिय गान बजाइन्छ। त्यसपछि प्रत्येक दिन ३ मिनेट विद्यार्थी, प्राध्यापकलाई छुट्टाइएको छ। उक्त समयमा सिस्टमबाट उनीहरुले आफ्नो कथा, कविता, गीत, उप्रेरणाका शब्दहरु राख्छन्। जुन सयौं विद्यार्थीमाझ एकैपल्ट सुनिन्छ। डिजिटल ब्रोडकास्टिङ सिस्टमसँगै प्रविधिमैत्री सिकाई र अध्ययनका लागि एसपीएले निःशुल्क डेडिकेटेड वाइफाई जोनकोे निर्माण गरेको छ। यसरी कर्पोरेट नेट जडान गर्ने सुदूरमा एसपीए पहिलो कलेज हो।  मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप छ। जहाँबाट विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकालवाला निकायले चाहेका सुचना क्लिकका भरमा पाउन सक्छन्।  
प्रोजेक्टर र साउण्ड सिस्टमसहित कक्षा कोठासँगै आधुनिक ल्याब, लाइब्रेरी, सेमिनार हल छ। एचएम र बीएचएमका लागि सुदूरपश्चिममै एकमात्रै छुट्टै किचेन ल्याब छ। आफ्नै बेकरी क्याफे , रेष्टुरेन्ट छ। विद्यार्थीहरु अध्ययनसँगसँगै त्यही रोजगारी गरिरहेका छन्। टाढाबाट आउने विद्यार्थीका लागि होस्टल तथा यातायातको सुविधा छ।No description available.

हजारौं शिक्षित जनशक्ति उत्पादन गरिसकेको कलेज अहिले तीनवटा भवनहरुबाट सञ्चालित छ। सुदूरमा त्रिविबाट सम्बन्धन प्राप्त एसपीए यस क्षेत्रकै ठूलो कलेज हो। माध्यामिक शिक्षा (११ र १२) तथा स्नातक तहमा बीबीएस, बीएड, बिए, बिएसडब्लु, एकवर्षे बिएड, बीएचएम तथा बीबीएम विषयहरु अध्ययन–अध्यापन भईरहेको छ। यस्तै स्नातकोत्तरमा एमबिएस र एमएड कार्यक्रम सञ्चालित छन्। शिक्षाबाट कोही वञ्चित नहुन भन्ने उद्देश्यका साथ एसपीएले असंख्य संख्यामा छात्रवृत्तिहरु पनि प्रदान गर्दै आएको छ। सरकारले तोकेका छात्रवृत्तिबाहेक एसपीएमा विभिन्न विशेष छात्रवृत्तिहरु उपलब्ध छन्। यसवर्षमात्रै सुदूरपश्चिम र कर्णालीका प्रदेशका हरेक जिल्लाका दुई दुई जना विद्यार्थी गरि ३८ जना विद्यार्थीलाई निशुल्क पढाउँने घोषणा गरेको छ। त्यसबाहेक अन्तर्राष्ट्रिय खेलाडीहरु शतप्रतिशत छात्रवृत्तीमा अध्ययनरत छन्। प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थीहरु, उच्च जीपीए हासिल गरेका तथा आन्तरिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु, सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएका, आविष्कार तथा विकासमा योगदान पुर्याएका विद्यार्थीहरु तथा अध्यक्ष, प्रबन्ध निर्देशक र प्राचार्यले छनोट गर्नुभएका एक एक जना विद्यार्थीले विशेष छात्रवृत्ती पाउँदै आएका छन्। त्यसबाहेक विभिन्न व्यक्ति र संस्थाहरुले प्रदान गर्ने विभिन्न छात्रवृत्तिहरु कलेज उपलब्ध गराउँदै आएको छ। 

सुदूरपश्चिमलाई खेलकुदमा अघि बढाउँन एसपीएको भूमिका अग्रस्थानमा छ। धनगढी क्रिकेटको शहरका रुपमा चिनिन्छ। त्यो पहिचान स्थापित गर्ने मुख्य काम एसपीएले नै गरेको हो। एक दशक अघि धनगढीमा एसपीएको आयोजनामा एसपीए कप नामबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्थ्यो। पछि त्यो धनगढी प्रिमियर लिगमा रुपान्तरण भयो। नेपालमा पहिलो फ्रेन्चाइज टोलीहरु र खेलाडीहरुको अक्सनको सुरुवात त्यहीबाट भएको हो। त्यसैबाट फाप्ला क्रिकेट मैदानको पहिचान भएको हो । हाल फाप्लामा अन्तर्राष्ट्रिय मैदान निर्माणको प्रक्रिया अघि बढेको छ। त्यसको नेतृत्व एसपीएकै निर्देशक सुवाश शाहीले गरेका छन् । त्यसबाहेक नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगमा धनगढी एफसी पहिलो संस्करणको उपविजेता बनेको थियो।

एसपीएले प्रत्येकवर्ष सुदूरपश्चिमस्तरीय महिला मेयर कप भलिबलको पनि आयोजना गर्दै आएको छ। त्यसबाहेक एसपीएमा खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत् छन्। ८ जना क्रिकेटको अन्तर्राष्ट्रिय खेलाडीमात्रै छन्। त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु एसपीएमा अध्ययनरत् छन्।
 

कमेन्ट लोड गर्नुस