सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा सेती महाकाली ट्रक व्यवसायी संघको साथ 

२०८० साउन १, ०७:४६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले सुरु गरेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सेती महाकाली ट्रक व्यवसायी संघले आर्थीक सहयोग गरेको छ।

हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यका साथ सुरु गरिएको सो अभियानमा सहभागिता जनाउँदै संघले सोमबार पाँचवटा बिरुवा बराबर २५ हजार रुपैयाँ नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेको हो। हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ।

उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।
 

कमेन्ट लोड गर्नुस