सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भारतसँग ९ विकेटले पराजित

२०८० साउन १, ०७:२८ खबर संवाददाता

नेपाल एक खेल बाँकी छँदै एसीसी इमर्जिङ टिम्स् कपबाट बाहिरिएको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदशा रङ्गशालामा भएको खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२.१ ओभरमै एक विकेट गुमाएर सजिलै पूरा गरेको छ। भारतका लागि दुवै जना प्रारम्भिक ब्याटरले अर्धशतक प्रहार गरे। अभिषेक शर्माले ८७, साई सुदर्शनले ५० र ध्रुव जुरेलले २१ रन बनाए।

नेपालका लागि रोहित शर्माले एक विकेट लिए। अन्य बलरले प्रभावशाली बन्न सकेनन्। यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ३९.२ ओभरमा १६७ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रन बनाएका थिए। त्यस्तै, नेपालका लागि गुल्सन झाले ३८, देव खनालले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए। भारतका लागि निशान्त सिन्धूले चार, राजवर्द्धन हंकगरकरले तीन, हर्षित रानाले दुई र मानव सुथरले एक विकेट लिएका थिए।

नेपालसँगै समूह ‘बी’ मा यूएई ‘ए’ले पनि अंक जोड्न सकेको छैन। नेपाल र एयूएई प्रतियोगिताबाट बाहिरिएका हुन्। अब अन्तिम खेलमा साउन ३ गते नेपाल र यूएई प्रतिस्पर्धा गर्नेछ।
 

कमेन्ट लोड गर्नुस