सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी इमर्जिङमा रोहितको अर्धशतक

२०८० साउन १, ०४:५८ खबर संवाददाता

काठमाडौँः  एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ’ए’ सँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ६४ बलमा अर्धशतक बनाए।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो शुरुवात गर्न सकेन। नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य रन र सोमपाल कामी १४ रनमा आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलसन झा छन्। नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए।

त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए। नेपालले ताजा अवस्थामा २९ ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन बनाएको छ।

कमेन्ट लोड गर्नुस