सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्वास्थ्यकर्मी आन्दोलित

२०८० साउन १, ०४:०५ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि उनीहरु आन्दोलित भएका हुन्।

उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्। नयाँ आर्थिक वर्ष शुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो।  यसअघि धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई गत असार २९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए।  उपमहानगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका थिए। कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म (उपमहानगरपालिका) मा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रमअनुसार काम गरिरहेको पत्रमा उल्लेख छ।

समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रवण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको उनीहरूको भनाई छ।
 

कमेन्ट लोड गर्नुस