सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट वन मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८० साउन १, ०३:५७ खबर संवाददाता

धनगढीः  कैलालीमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–४ का ५५वर्षीय भागिराम चौधरीलाई लुकिछिपि रहेका अवस्थामा सोमबार दिउँसो पक्राउ गरेको हो। चौधरीलाई जिल्ला अदालत कैलालीले २०६५ भाद्र १८ गते सात हजार तीन सय ५० रुपैयाँ सजाय तोकेको थियो।

चौधरी सजाय तोकेकै दिनबाट फरार रहेका थिए। उनलाई आज जिल्ला अदालतमा पेश गर्न लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कमेन्ट लोड गर्नुस