सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा मालिकार्जुन दार्चुला सेवा समितिको साथ

२०८० असार ३१, ०७:१७ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै मालिकार्जुन दार्चुला सेवा समिति धनगढीले सहयोग गरेको छ।

मालिकार्जुन दार्चुला सेवा समितिले दुई वटा बिरुवा बराबर १० हजार रुपैयाँ  आइतबार नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेको हो। हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ।

उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवर्द्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।

कमेन्ट लोड गर्नुस