ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँः नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ। ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ। त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ।
पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ। यस्तै, डिजलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँ घटेको छ।