रास्वपाको विरोधपछि संसद् बैठक १५ मिनेटलाई स्थगित
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले विरोध जनाउँदै वेल घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
यसअघि, प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पेस गरेका हुन्। सांसदहरू प्रेम सुवाल, सोविता गौतम, सुमना श्रेष्ठ र ज्ञानबहादुर शाहीले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरिएपछि सभामुख देवराज घिमिरेले विधेयक पेस गर्न अनुमति दिएका थिए।
बैठकमा विधेयक पेस गर्नासाथ रास्वपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाए। रास्वापाका प्रमुख सचेतक सन्तोष परियारले विधेयकमाथि छलफल गर्दा निणयार्थ पेस नभएको भन्दै आपत्ति जनाएका थिए। रास्वपाको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।