सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरमा भारतबाट अवैध कुखुरा आयात गरिएको भेटिए १० हजार जरिवाना गरिने

२०८० असार ३१, ०५:२८ खबर संवाददाता

धनगढीः  कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए १० हजार जरिवाना गरिने निर्णय भएको छ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भारतबाट अवैध रुपमा कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए जरिवाना गर्ने जनाएको हो। नगरप्रमुख हेम राज ओझाद्धारा जारी सूचनामा नगरपालिका भित्र भारतिय कुखुरा भित्रिरहेको भन्ने व्यापक जनगुनासो आएपछि नगरपालिका भित्र अवैधानिक रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गर्न निषेध गरिएको उल्लेख छ।

सूचनामा अवैध रुपमा आयात गरिएको भेटिए १० हजार जरिवाना हुने समेत जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस