सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र बङ्गलादेशको दोस्रो खेल आइतबार हुने

२०८० असार ३०, ०४:३७ खबर संवाददाता

काठमाडौंः  नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आइतबार हुने भएको छ।

पहिलो खेलमा इन्जुरी समयमा गोल गर्दै हार टारेको नेपाल दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा छ। बिहीबार भएको खेलमा नेपाल र बङ्गलादेश १–१ गोलको बराबरीमा रोकिएका थिए। बङ्गलादेशले ६५औँ मिनेटमा सुरुवाती गोल गरेको थियो। बङ्गलादेशका लागि सविना खातुनले गोल गरिन। नेपालका लागि सावित्री भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाएकि थिइन्।

नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो। त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस