सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हरियाली धनगढी’ अभियानमा शर्मिला चन्दको साथ

२०८० असार २९, ०३:१६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको ‘हरियाली धनगढी’ अभियानमा सहभागिता जनाउँदै धनगढी उपमहानगरपालिका–१ की शर्मिला चन्द (हाल बेलायत निवासी) ले चार विरुवा बराबर २० हजार रुपैयाँ उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानालाई हस्तान्तरण गरेकी छन्।

उनले आफ्ना ससुरा बुवा स्वर्गीय कृष्णबहादुर चन्द, सासु आमा स्वर्गीय ललितादेवी चन्द, सासू आमा स्वर्गीय मायादेवी चन्द, बुवा स्वर्गीय कृष्णप्रसाद हमालको स्मृतिमा चारवटा बिरुवा बराबरको रकम उपमहानगरपालिकलाई हस्तान्तरण गरिकी हुन्।

कमेन्ट लोड गर्नुस