सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गर्न सिफारिस गरिदै

२०७६ वैशाख ६, ०१:१५ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य गर्न सिफारिस गरिने भएको छ। बीहिबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले आउँदो बैशाख १२ गते अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता मानसिंह विष्टले बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आउँदो बैशाख १२ गते अन्त्य गर्न प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।

यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन तथा न्युनिकरण विद्येयक २०७५ प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति समेत प्रदान गरेको छ। प्रदेश विपद व्यवस्थापन कोषमा योगदान गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई आयकर छुट गर्न संघिय सरकारसंग अनुरोध गर्ने निर्णय समेत मन्त्रीपरिषद् बैठकले गरेको प्रवक्ता विष्टले जानकारी दिए। प्रदेशसभाको तेस्रो अधिवेशन गत माघ ४ गतेबाट सुरु भएको थियो। 

कमेन्ट लोड गर्नुस