सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुक्किएर बीजेपीलाई भोट गएपछि एक मतदाताले काटे आफ्नै औँला

२०७६ वैशाख ६, ०१:१० खबर संवाददाता

झुक्किएर गलत राजनीतिक पार्टीलाई मत दिईएको भन्दै एक भारतीय मतदाताले आफ्नो बायाँ हातको चोरी औँला नै काटिदिएका छन्। बहुजन समाज पार्टीका समर्थक बताउने पवन कुमारले हतारमा गल्तीले भारतीय जनता पार्टीलाई भोट दिन पुगेपछि आफ्नो औँला नै काटेको बताए।

ती युवकले गलत पार्टीलाई भोट दिएको कारण अफशोच जनाउँदै हातको औंला काटेको बताए। औंला काट्ने बित्तिकै ती युवकलाई अस्पताल लगिएको थियो र उपचारपछि उनलाई घर पठाइएको छ। ती युवकले गलत पार्टीलाई मत दिए पछि आत्मग्लानी भएको बताए।

त्यसपछि रिसले चुर भएको ती युवाले घरमा गएर बायाँ हातको चोरी औंला काटेका हुन्। धेरै पार्टीका चुनाव चिन्हका कारण आफू झुक्किएको ती युवाले बताए। 

भारतमा सातौं चरणमा चुनाव भइरहेको छ, जहाँ मे २३ मा मतगणना हुँदैछ। झण्डै ९० करोड योग्य मतदाता रहेको भारतको चुनावलाई विश्वकै ठूलो चुनावको रुपमा हेरिन्छ।  
 

कमेन्ट लोड गर्नुस