सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा होटेल सञ्चालक सुरेशमाथि कुटपिट

२०८० असार २९, ०८:२३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा होटेल सञ्चालकमाथि कुटपिट भएको छ। जिल्लाको बेलौरी बजारमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेशकुमार वडायकमाथि धारिलो बस्तुले कुटपिट भएको बताइएको छ। वडायकको निधारमा गहिरो चोट लागेको छ।

तर, कस्ले किन कुटपिट गरेको भन्ने पुष्टि भएको छैन। उनले भने अस्पतालको शय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा भिडियो हाल्दै आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको बताएका छन्। उनले रातिको समयमा अचानक केही अराजक तवरका ‘डिआइजीको मान्छे’ भन्नेले आफूमाथि हमला गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे जानकारी आएको र अनुसन्धान सुरु भइसकेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस