सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढीको १३ औं वार्षिकोत्सव सम्पन्न 

२०८० असार २८, १०:५३ खबर संवाददाता

धनगढी: लायन्स क्लब अफ धनगढी सिटीको १३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बिहीवार सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ धनगढीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो। यस्तै, कार्यक्रममा लायन्स क्लबका पदाधिकारी र पूर्व पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवकार्यक्रममा छात्रवृत्ति कार्यक्रमअन्तर्गत गार्डनर स्कुलका १ जना, कैलाली विद्या निकेतनका १ जना र एलायन्स स्कुलका १ जनासहित तीन जना विद्यार्थीलाई स्टेसनरी प्रदान गरिएको थियो। यस्तै, मोना मेमोरियल कोषबाट ६ जना र कौशलकुमार अग्रवाल स्मृति कोषबाट ४ जनासहित १० जना विद्यार्थीलाई ५४ हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो। मोना स्मृति कोषका लागि  केडी भट्टबाट लायन्स क्लब अफ धनगढी सिटीलाई १ लाखको चेक हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बद्री कुन्ता स्मृति कोषबाट पनि दुई जना विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरिएको थियो। वार्षिकोत्सव कार्यक्रममा लायन्स क्लब अफ धनगढी नवजीवनलाई चार्टर सर्टिफिकेट र सदस्यताको प्रमाणपत्र  प्रदान गरिएको छ भने लियो क्लब अफ धनगढी एभिएन स्थापनाको घोषणा गरिएको थियो।

लायन्स क्लब अफ धनगढी सिटीका वर्ष २०२३/०२४ अध्यक्ष टिएन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका डिपार्टमेन्ट चिफ लायन देवबहादुर मल्ल, प्राध्यापक डाक्टर हेमराज पन्त,जोन चेयरपर्सन लायन घनश्याम चौधरी, लायन कमला भट्ट,लायन मेघराज दाहाल,लायन बोधराज ओझा लगायर विभिन्न पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सव कार्यक्रममा लायन दामोदर अवस्थी र लायन घनश्याम चौधरीलाई सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। लायन्स क्लब अफ धनगढी सिटीले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस