सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रधानाध्यापकसहित चारजनाविरुद्ध अख्तियारमा मुद्दा

२०८० असार २८, ०५:१३ खबर संवाददाता

कञ्चनपुरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

गैरकानूनी रुपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

’आर्थिक वर्ष २०७६÷०७७ मा र आ.व. २०७७÷०७८ मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोके बमोजिमको करबापतको माटोको सात लाख २९ हजार पाँच सय १४.५० रुपैयाँ पचास पैसा बराबरको सरकारी रकम हिनामिना÷ नोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको पाइएकोले उनीहरु विरुद्ध सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 

कमेन्ट लोड गर्नुस