सुदूर नेपाललाई विश्वसँग जोड्दै

धर्मनिरपेक्षता विरुद्ध आज राप्रपाले प्रदर्शन गर्ने

। फोटो स्रोत ।
२०७६ वैशाख ६, ११:२५ खबर संवाददाता

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ। राप्रपाले शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो। राप्रपाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई उर्दी जारी गरेको छ।

राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन आज प्रदर्शन गर्न लागेको बताएका छन्।

उनले एक ट्वीट गर्दै घरमा जपेर हिन्दु राष्ट्र नआउने भएकाले सडकमा ओर्लन सबैलाई अपिल गरेका छन्। धर्मनिरपेक्षता र गणतन्त्रबारे राप्रपाको सुरुदेखि नै फरक मत छ। यद्यपि, थापा नेतृत्वको राप्रपा पछिल्ला परिवर्तनका एजेन्डा संस्थागत गर्न बनेका सरकारमा भने  सहभागी भएको थियो।
 

कमेन्ट लोड गर्नुस