सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ    

२०८० असार २८, ०८:२२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरीयामा रहेको भुईया मन्दिर नजिकैबाट ३.०१ ग्राम लागुऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २२ वर्षीय फिलिप रानालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस