सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका एक माओवादी नेताको हृदयघातका कारण मृत्यु

२०८० असार २७, ०५:०२ खबर संवाददाता

धनगढीः  केआईसिँह गाँउपालिका ५ का नेकपा माओवादी केन्द्रका अध्यक्ष इश्वरे लुहारको मृत्यु भएको छ।

उनलाई हृदयघातको थप उपचारको लागि गृह जिल्ला डोटीबाट धनगढी लैजाने क्रममा असार २६ गते राती मृत्यु भएको वडाध्यक्ष दुर्गा रावलले बताए। उनी लामो समयदेखि नेकपा माओबादी केन्द्रमा इमानदार ढंगले काम गर्दै आएका र संगठन निर्माणमा अब्बल भुमिका रहेको गरेको स्थानीय व्यक्ति यज्ञ पार्कीले बताएका छन्। साथै उनले स्वर्गिय लुहार सामान्य परिवारमा जन्मिएर पनी बिगत लामो समयदेखी समाजमा गरिबहरुको सुखदुःखको साथी भएको बताए।

उनलाई नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा  केआइसिंह गापालिका इन्चार्ज मीन मलासी, गापा अध्यक्ष दिलिप कठायत, प्रदेश सदस्य धुर्ब रावल, प्रदेश सदस्य नरेन्द्र बलायर र वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा रावलले नेकपा माओवादी पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
 

कमेन्ट लोड गर्नुस