सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा प्रेमप्रकाश मडैको साथ

२०८० असार २७, ०२:१७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै धनगढी चौराहका प्रेमप्रकाश मडै र रीताकुमारी मडैले तीनवटा बिरुवा बराबर १५ हजार नगद नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।

कमेन्ट लोड गर्नुस