सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा चन्द्रादेबी पनेरुको साथ

२०८० असार २७, ०२:१० खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै धनगढी उपमहानगरपालिका–४ हाल क्यानडामा अध्ययनरत उत्तरबेहडीका प्रतिक पनेरु (बुवा सिद्धराज पनेरु/आमा कलावती पनेरु) ले आफ्ना बाजे स्वर्गीय जगन्नाथ पनेरुको स्मृतिमा उनका बज्यै चन्द्रादेबी पनेरुले एक बिरुवा बराबर पाँच हजार रुपैयाँ नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।
 

कमेन्ट लोड गर्नुस