हरियाली धनगढी अभियानमा फाया नेपालको साथ

२०८० असार २७, ०१:२५
धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा फाया नेपालले पनि साथ दिएको छ।
दुई विरुवा बराबर फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेतले १० हजार नगद उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।
हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।




कमेन्ट लोड गर्नुस