कैलालीमा फरार प्रतिबादी पक्राउ

२०८० असार २७, ०८:४५
धनगढीः कैलालीमा फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका–२ रामपुरका ३२ वर्षीय रेमन्त भन्ने हेमन्त भुललाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिइएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो। कैलाली जिल्ला अदालतले २०७१ वैशाख १४ गतेको फैसलाले नागरिकता कृर्ते मुद्दामा १० हजार जरिवाना तोकी फरार रहेका भुललाई उनकै घरबाट पक्राउ गरेको जनाइएको छ।
.gif)

कमेन्ट लोड गर्नुस