सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ६२ हजारका अवैध बोइलर कुखुरा बरामद

२०८० असार २६, १०:५२

धनगढीः कैलालीको धनगढीबाट ६२ हजारका अवैध बोइलर कुखुरा बरामद गरिएको छ। सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारी र वडा नम्बर १० हरैयाँघाट क्षेत्रबाट अवैध बोइलर कुखुरा बरामद गरेको हो। 

सशस्त्र प्रहरीका अनुसार सोमवार बिओपी फूलबारीका सशस्त्र प्रहरी हल्दार दिपकराज जोशीको कमाण्डमा रहेको सात जनाको पैदल गस्ती टोलीले २१ हजार मूल्यको ७० किलोग्राम बोइलक कुखुराको मासु बरामद गरेको हो।

मंगलवार धनगढी उपमहानगरपालिका वडा नम्बर १० हरैयाँघाटबाट ४६ वटा अवैध तथा खान अयोग्य भारतीय कुखुरा बरामद गरिएको छ। ४१ हजार चार सय मूल्य बराबरका भारतीय बोइलर कुखुरा मंगलवार सशस्त्र प्रहरीले नष्ट गरेको छ।
 

कमेन्ट लोड गर्नुस