धनगढीको हरियाली प्रवर्धन गर्न सिपी अस्पतालद्धारा साढे एक लाख सहयोग
धनगढीः धनगढीको हरियाली प्रवर्धन गर्न सिपी अस्पतालले साढे एक लाख सहयोग गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको अस्पतालले एक लाख ५० हजार सहयोग गरेको हो।
धनगढीका नगर प्रमुख गोपाल हमाललको निजी सचिवालयका अनुसार अस्पतालका प्रबन्ध निर्देशक रमेश पाण्डेले रकम हस्तान्तरण गरेका हुन्। उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको ‘हरित धनगढी’ अभियान अन्तर्गत अस्पतालले सहयोग रकम हस्तान्तरण गरेको हो।
हरित धनगढी अभियानमा साथ दिने व्यक्ति तथा संघसंस्थाको सहभागिता बढ्दै गएको छ। सहरी क्षेत्रको वृक्षारोपणका लागि थालेको अभियानमा दैनिक सहयोगी दाताको संख्या बढ्दो छ। धनगढी उपमहानगरपालिकाले वृक्षारोपण, ट्री–गार्ड तथा बिरुवाको संरक्षण गर्दै आएको छ। त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सिमा क्षेत्रसम्मको सडकको दुबैतिर ट्री–गार्डसहित वृक्षारोपणको काम तीव्र गतिमा भइरहेको छ।
धनगढी उपमहानगरपालिकाले पहिलो चरणमा मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तीन हजार एक सय २५ वटा बिरुवा रोपेको थियो। मोहनापुल–अत्तरियामा भाटभटेनीसहितको संघ/संस्थालेसमेत वृक्षारोपण गरेका थिए। धनगढी उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया तिर पनि बिरुवा रोप्न थालेको छ। उपमहानगरपालिकाले नागरिकको सहभागितामा वृक्षारोपणको कार्यक्रम अगाडि बढाएको हो।
धनगढी उपमहानगरपालिकाले हरियाली प्रवद्र्धन कोष स्थापना गरेको हो। यसका लागि धनगढी उपमहानगरापलिकाले बैंक खाता नम्बर ४१७०१००३०५०१०००२ समेत सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले हरियाली प्रवर्धन कोष स्थापना गरेको हो।